Superstar Rajesh Hamal and wife Madhu have future plan to have children



Sahayatra with Rajesh Hamal And His Wife Madhu Bhattarai

महानायक राजेश हमाललाई नचिन्ने सायद कोही होला । हमाल, जसको पहिलो सफल चलचित्र युगदेखि युगसम्म थियो नेपाली चलचित्र उद्योगलाई व्यावसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (1988-2014) रहेको छ ।

मधु भट्टराईसँग 2014 मा विवाह गरेका हमाल आजभोली चलचित्रमा निकै कम देखिन्छन् । केन्द्रबिन्दु टीभीसँग कुरा गर्दै हमालले आजभोली चलचित्रमा भन्दा सामाजिक कार्य र भ्रमणमा व्यस्त भएको बताए ।

'तर दिनचर्चा निकै नै व्यस्त छ', उनले भने ।

प्रस्तुत छ मिडियामा बिरलै देखिने महानायक हमाल र उनकी श्रीमती मधु भट्टराईको अन्तर्वार्ता -

No comments