No public to lose life in the bomb blast



बम बिस्फोटमा ज्यान गुमाउने जनता नै होइनन् :गृहमन्त्री|

Home Minister Ram Bahadur Thapa 'Badal' has said that the government has initiated talks with the CPN (Maoist) leadership led by Netrik Vikram Chand. At the meeting of the representatives of the house, Home Minister Thapa said that the process was going to be controlled by the state by controlling the state and bringing basic flow through dialogue.

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले वार्ता अगाडि बढाएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री थापाले विप्लव समूहलाई राज्यले नियन्त्रण गर्ने र वार्ता-संवादद्वारा मूल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाइराखेको बताए।‘यो प्रक्रियामा सरकार अगाडि नै बढिराखेको छ’, गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मूलधारमा ल्याउन र उनीहरूको गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ।’ त्यसअघि गृहमन्त्री थापाले विप्लव समूह सक्रिय रहेको र चार कम्पनी जनसेना निर्माण गरेको बताए। ‘जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेको छन्’, गृहमन्त्री थापाले भने, ‘यो सबै गतिविधि नेतृत्व गर्नका लागि नेकपा नामको पार्टी गठन गरेका छन्।

#Video via Youtube Channel Of KendrabinduTV.

No comments