Paropakar Maternity and Womens' Hospital
अस्पतालमा आमा र बच्चाको ज्यान गएपछि|
काठमाडौं । नुवाकोटकी कल्पना तामाङ सुत्केरी हुन मंगलबार थापाथलीस्थित प्रसूति गृह आइन् । काठमाडौंको लैनचौरमा बस्दै आएकी कल्पनालाई आफन्तको सहयोगमा राति ११ बजे अस्पताल पुर्याइयो । उनी अस्पताल पुग्दासम्म एकदमै सामान्य अवस्थामा थिइन् । रगत र पिसाब परीक्षण गरेपछि उनलाई भर्ना गरियो ।बुधबार बिहान ७ बजेतिर व्यथा लाग्ने औषधी सलाइन पानीमार्फत दिइयो । बिहान ९ बजेतिर डाक्टरले चेक गर्ने बेलामा आफन्तहरूलाई बाहिर निकालियो । त्यो बेलासम्म कल्पना राम्रै अवस्थामा थिइन् ।
#Video Via Youtube Channel of KendrabinduTV.
Post a Comment