Avoid the Dreadful Dengue



डरलाग्दो डेंगुबाट यसरी बचौं |

नेपालमापहिलो पटक १५ वर्षअघि चितवनमा देखिएको डेंगु अहिले ६ वटा प्रदेशको ४२ जिल्लामा फैलिएको छ| ४ महिनाको अवधिमाकरिव ४ हजार ६ सय ११ जनामा देखिएको डेंगुले यो वर्ष महामारीको रूपलिएको छ। प्रत्येक वर्ष मनसुनको समयमा देखिने डेंगुले यस वर्षभने संघीय राजधानी उपत्यकामा समेत प्रवेश गकरेर महामारीको रूपलिएको छ। अझ डरलाग्दो कुरा त के छ भने स्वास्थ्यमन्त्रालयले समेत डेंगु नियन्त्रण गर्न नसक्ने बताएको छ।जनता नै जागरुकभएर लामखुट्टेकालार्भा नष्ट गर्नुपर्ने बताउँछिन् स्वास्थ्य सचिवपुष्पाचौधरी । सरकारले गतआर्थिक वर्ष २०७५-७६ मामात्र डेंगु नियन्त्रणको लागि७ करोड ९३ लाखखर्च गरेको थियो भने यसको नियन्त्रणमा हरेक वर्ष करोडौं रुपैयाँखर्चिरहेको छ तर उपलब्धिलगभगशून्य छ ।ईपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखा टेकुको ६ वर्षसम्मको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७०-७१ मा ३ सय ४ जना, वर्ष २०७१-७२ मा १ सय ३४ जना, २०७२-७३ मा १ हजार ५ सय २७जना, वर्ष २०७३-७४ मा २ हजार १ सय ११ जनामातथावर्ष २०७४-७५ मा ८ सय ११ जनालाई डेंगु देखिएको थियो ।

#Video Via Youtube Channel Of KendrabinduTV.

No comments