6 Popular Personalities Who lost their life in Trishuli
त्रिशुलीले निलेका ६ चर्चित अनुहार |
नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी हजारौंले ज्यान गुमाउँछन् र त्यसभन्दा कयौं गुणा बढी मानिस घाइते हुन्छन् । २०७५(७६ मा मात्रै ८ हजार ९ सय ११ वटा सवारी दुर्घटना भए । जसमा ३ सय १७ गम्भीर प्रकृतिको दुर्घटना र ५ हजार ९ सय १३ वटा सामान्य प्रकृतिको दुर्घटना भएका छन् । जसमा परी २ सय ५४ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनाको आँकडा हेर्दा सबैभन्दा बढी पृथ्वी राजमार्गको धादिङ चितवन सडक खण्डमा धेरै दुर्घटना हुने गर्छ । पछिल्लो वर्षमा मात्र यहाँ १ सय १६ जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सडक दुर्घटनाको रेडजोन मानिने पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडक खण्डमा मात्र सडक दुर्घटनामा परी २०७३-७४ सालमा ९२ जना, २०७४--७५ सालमा १२० जना, २०७५- ७६ सालमा ८६ जनाको ज्यान गएको छ । यस वर्षको सुरुको ३ महिनामा मात्र त्रिशूलीमा १४ जनाको मृत्यु भएको छ ।
#Video via Youtube Channel of KendrabinduTV.
Post a Comment