Reasons to Worship God Shiva in Shrawan
साउनमा शिवलाई पुज्नुपर्ने खासकारण |
पौराणिक मान्यताअनुसार साउनलाई देवाधिदेव महादेव भगवान शिवको महिना मानिन्छ । शिवका अनेकौं नाम छन्, जानेर वा नजानेर अनि जुनसुकै नामले पुकारे पनि महादेव प्रसन्न हुन्छन् भन्ने शिवभक्तहरूको विश्वास छ । विशेष गरी साउन महिना शिवको प्रिय महिना भएको र यो बेला प्रकृतिले नै शिवको जलाभिषेक गर्ने भएकाले शिव आराधनाका दृष्टिले विशेष मानिन्छ । साउन महिना शिवलाई प्रिय लाग्नुपछाडि देवी सती र पार्वतीसँग जोडिएको प्रसंग छ । पार्वतीले साउन महिनामै निराहार रहेर कठोर व्रत गरिन् र शिवलाई प्रसन्न तुल्याएर विवाह गरिन्, यसै कारण शिवका लागि यो महिना विशेष बनेको हो ।
#Video Via Youtube Channel Of KendrabinduTV.
Post a Comment